इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौं । इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ । बुधबार राति चिरपरिचित टोली युभेन्ट्सलाई अतिरिक्त समयमा ४(२ ले पराजित गर्दै मिलानले उपाधिमाथि कब्जा जमाएको हो ।

निर्धारित समयको खेल २(२ गोलको बराबरीमा समाप्त भएपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त ३० मिनेटमा मिलानले दुई गोल थप्यो ।

इन्टरका लागि निकोला बरेला,हाकन गोल गरे । अतिरिक्त समयमा इभान पेरिसिचले महत्त्वपूर्ण दुई गोल गरे । युभेन्ट्सका लागि एलेक्स सान्ड्रो, डुसन भाल्होभिच्ले गोल गरे ।

इन्टरले सन् २०११ पछि पहिलो पटक कोपा इटालियाको उपाधि जितेको हो ।

यो पनि पढ्नुहोस  लुम्बिनी प्रदेशसभाको आजको बैठक सूचना टाँसेर स्थगित
२९,बैशाख.२०७९,बिहीबार १०:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: