सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढ्यो

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्यवृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १२ सय ५० रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

बुधबार तोलामा एकैदिन सुनको मूल्य एक हजार रुपैयाँले घटेको थियो । सो दिन छापावाल सुनको मूल्य ९७ हजार र तेजावी सुनको मूल्य ९६ हजार पाँच सय रुपैयाँ तोकिएको थियो ।

यो पनि पढ्नुहोस  क्रिप्टोकरेन्सी प्रयोगकर्ताहरूलाई राष्ट्र बैंकको कडा चेतावनी
२९,बैशाख.२०७९,बिहीबार १२:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: