बागलुङको ताराखोला गाउँपालिकामा माओवादी केन्द्रको अग्रता

काठमाडौं । बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।

सुरुवाती ५०० मत गणना हुँदा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार धनबहादुर विकले २९४ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले ९४ र नेकप एमालेका उम्मेदवार ऋषिराम घर्तीले ५२ मत पाएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर रोकाले २९६ मत पाएका छन् । एमाले उम्मेदवार थममाया घर्तीले १०२ मत पाएकी छन् ।

३१,बैशाख.२०७९,शनिबार ०९:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्