जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको शुरुवाती अग्रता

जनकपुरधाम । मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता कायम राखेका छन् ।

४०० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार साहले १३५ मत पाएका हुन् । उनलाई नेकपा एमाले उम्मेदवार शिवशंकर साले ४५ मत ल्याएर पछ्याइरहेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतोले ३३ मत ल्याएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जसपाका लालकिशोर साह चौथो स्थानमा छन् । साह मात्र २८ मत पाएका छन् ।

अग्रता लिएका साह नेपाली कांग्रेसका नगर सभापति थिए । उनी टिकट नपाएपछि राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका छन् ।

३१,बैशाख.२०७९,शनिबार ०९:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्