धनगढीमा फर्जी मतबारेको विवाद मिल्यो, ११ बजेदेखि मतगणना गर्ने सहमति

Anjita Karki
anjita.karki@nepalijanta.com

धनगढी । धनगढी उपमहानगरपालिकामा फर्जी मत हालिएको भन्दै भएको विवाद मिलेको छ । विवाद मिलेसँगै बिहान ११ बजेदेखि मतगणना गर्ने सहमति जुटेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमदत्त भट्टले सर्वदलीय बैठकमा ११ बजेदेखि मतगणना गर्ने सहमति भएको जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनमा मतगणना हुनेछ ।

यो सँगै धनगढी–३ र ६ मा फर्जी मतदान गरिएको भन्दै भएको विवाद पनि समाधान भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार त्यस्ता मतलाई बदरमा गणना गर्ने गरी दलहरुबीच सहमति भएको हो ।

यसअघि नेकपा एमालेले सर्वदलीय बैठकमा ३ र ६ नम्बर वडामा फर्जी मत हालेर धाँधली गरिएको भन्दै पुनः मतदानको माग गरेपछि मतगणनाबारे सहमति जुट्न सकेको थिएन ।

यो पनि पढ्नुहोस  ललितपुरकाे गोदावरी सम्मेलन केन्द्रमा माओवादीको राजनीतिक वैचारिक प्रशिक्षण
३१,बैशाख.२०७९,शनिबार १०:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: