नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमालेको अग्रता

Anjita Karki
anjita.karki@nepalijanta.com

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमाले उम्मेदवारले अग्रता लिएको छ ।

प्रारम्भिक नतिजा अनुसार एमालेका उम्मेदवार गीता अधिकारीले १३९ मत सहित अग्रता लिएकी छन् । गठबन्धनका उम्मेद्वार राम थापाले १२० मत पाएका छन् । मत गणना दमक–१ बाट शुरु भएको छ ।

उपमेयरमा भने गठबन्धनको अग्रता छ । गठबन्धनकी रेगिना भट्टराईले १३२ मत ल्याउँदा एमाले उम्मेद्वार अम्बिका खनालले ११० मत पाएका छन् ।

वडाध्यक्षमा एमालेकै हरी नेउपानेले १४१ मत सहित अग्रता लिएका छन् । गठबन्धनका तारा अधिकारीले १३२ मत ल्याएका छन् । अहिलेसम्म ३०० मत गणना भएको छ ।

यो पनि पढ्नुहोस  प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र छलफल नै नगरी मन्त्री नियुक्त गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको असन्तुष्टि
३१,बैशाख.२०७९,शनिबार ११:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: