झलनाथ खनालको गृहनगरमा एकीकृत समाजवादीको अग्रता

Anjita Karki
anjita.karki@nepalijanta.com

इलाम । इलामको सूर्योदय नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । एकीकृत समाजवादीका उम्मेदवार रनबहादुर राईले प्रारम्भिक नतिजामा अग्रता लिएका हुन् ।

राईले १५८ मत पाएका छन् । राईलाई गठबन्धनका दलहरुले समर्थन जनाएका छन् । एमालेका उम्मेदवार काजीमान कागतेले भने १५२ मत ल्याएका छन् ।

उपमेयरमा एमालेले अग्रता लिएको छ । एमालेकी दुर्गादेवी भट्टराईले १५३ मत पाएकी छन् भने नेपाली कांग्रेसका दुर्गाकुमार बरालले १४२ मत पाएका छन् ।

यो पनि पढ्नुहोस  गुल्मीमा दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम
३१,बैशाख.२०७९,शनिबार ११:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: