सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका–३ चारघरेमा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ६० वर्षीया आइतमाया सार्की रहेकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी सार्कीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य चौकी सिर्थौलीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमै सवार घाइते भएकी दुर्गामाया भुजेलको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । तीन जना सवार रहेको नम्बर नखुलेको मोटरसाइकल हिजो साँझ सवा ५ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो ।

मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय डकाहाले जनाएको छ ।

यो पनि पढ्नुहोस  वर्षमान पुनको सुरक्षा निकाय र कर्मचारीलाई चेतावनी- फस्नुहोला ओली गुटले जे भन्यो त्यहीँ मान्दा
३१,बैशाख.२०७९,शनिबार ११:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: