जाजरकोटको बारेकोट ९ मा एमालेको प्यानलै विजयी, पालिका अध्यक्षमा पनि एमाले नै अगाडि

Anjita Karki
anjita.karki@nepalijanta.com

जाजरकोट । जाजरकोटको बारेकोट– ९ मा वडाध्यक्षसहित एमालेको प्यानलै विजयी भएको छ । एमालेका वडाध्यक्ष उम्मेदवार दानबहादुर शाहीले ३७७ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार कर्णबहादुर महतराले २६२ मत पाएका छन् ।

यहाँ पालिका अध्यक्षमा एमालेका वीरबहादुर गिरी ३३२ मतसहित अगाडि छन् । गठबन्धनका अध्यक्ष उम्मेदवार महेन्द्रबहादुर शाहले ३०८ पाएका छन् भने उपाध्यक्षमा एमालेकी गीता सिंहले ३३५ र गठबन्धनका निसान गिरीले २७३ मत पाएका छन् ।

यो पनि पढ्नुहोस  प्रचण्डले भने, 'ओली विगतमा राजा महाराजा झैं पञ्चर्‍याली गर्दै हिँडेका छन्'
३१,बैशाख.२०७९,शनिबार ११:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: