माधव नेपालको गृह नगरमा एकीकृत समाजवादीको अग्रता

Anjita Karki
anjita.karki@nepalijanta.com

रौतहट । रौतहटको गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । एकीकृत समाजवादीका शम्भु साहले २७२ मतसहित सुरुवाती अग्रता लिएका छन् ।

४०० मत गणना हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेद्वार अजयकुमार गुप्ताले ६५ मत ल्याएका छन् । नेपाली कांग्रेसका मोहनकुमार यादवले ४१ मत पाएका छन् ।

उपमेयरमा पनि एकीकृत समाजवादीकै अग्रता छ । गौर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह नगर हो ।

यो पनि पढ्नुहोस  रेनुलाई कृष्णभक्तको प्रश्न- ओली सरकारले गरेका कामको जस लिँदै भोट माग्न लाज लाग्दैन ?
३१,बैशाख.२०७९,शनिबार १२:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: