दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट चार जना घाइते

दाङ । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट चार जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–४ गणेशचोकमा गएराति दुई समूहबीच भएको झगडामा खुकुरी प्रहार हुँदा चार जना गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

घाइतेलाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बाँके रेफर गरिएको छ । गाउँमा भएको पूजामा जम्मा भएका युवाहरुबीच झगडा भएको थियो ।

खुकुरी प्रहार गर्ने समूहका एक जना पक्राउ परेका र अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

३१,बैशाख.२०७९,शनिबार १२:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्