तिलोत्तमामा कांग्रेस-माओवादी गठबन्धनको सुरुवाती अग्रता

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनले अग्रता लिएको छ ।

वडा नम्बर १ को १०० मतगणना हुँदा कांग्रेसका रामकृष्ण खाँणले ४४ मत ल्याएर अग्रता कायम गरेका छन् । एमालेका मोहन चापागाईंले ३६ मत ल्याएर दोस्रो स्थानमा छन् । यो वडामा २०७४ को चुनावमा एमालेले जितेको थियो ।

खाँण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन् । चापागाईं पत्रकारिता पृष्ठभूमिका हुन् ।

३१,बैशाख.२०७९,शनिबार १३:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्