दाङको लमही नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

Anjita Karki
anjita.karki@nepalijanta.com

दाङ । दाङको लमही नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार जोगराज चौधरीले अग्रता लिएका छन् । माओवादी केन्द्रका बसन्त राज शर्मा (विक्रान्त)ले १६८ र नेकपा एमालेका दण्डीराम चौधरीले १४६ मत पाएका छन् ।

मेयर पदमा कांग्रेसले अग्रता लिए पनि उपमेयर पदमा भने एमालेकी उम्मेदवार सुशिला शर्माले अग्रता लिएकी छन् । शर्माले १४८ मत पाएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

उपमेयर पदका अन्य उम्मेदवारहरु माओवादी केन्द्रकी गंगा पाण्डेले १२३ र नेपाली कांग्रेसकी लक्ष्मी योगीले १२२ मत पाएकी छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा लमहीको मेयरमा नेकपा एमाले र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

यो पनि पढ्नुहोस  ‘साझा पार्टी’ नाममा निर्वाचन आयोगमा नयाँ दल दर्ता
३१,बैशाख.२०७९,शनिबार १५:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: