जगदुल्ला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

रुकुम पश्चिम । डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ । एमाले, कांग्रेस र समाजवादीको गठबन्धनलाई पराजित गर्दै माओवादीका नारासिं रोकाय विजय बने ।उपाध्यक्षमा पनि माओवादीकै अमृता बोहरा निर्वाचित भइन् ।

रोकायले ७ सय ७० मत ल्याएका छन् भने गठबन्धन तर्फका एमालेका उम्मेदवार हेमबहादुर महताराले ७ सय ४६ मत ल्याए ।

उपाध्यक्षमा निर्वाचित बोहराले ७ सय ५९ मत ल्याउँदा एमालेकी चन्द्रावती थापाले ७ सय ४९ मत ल्याइन् ।

६ वडा रहेको यस गाउँपालिकाका २ वडा माओवादी केन्द्रले जितेको छ भने ४ वडा गठबन्धनले जितेको छ । एमालेले १, ३ र ६ नम्बर वडा जितेको छ भने माओवादी केन्द्रले ४ र ५ नम्बर वडा जितेको छ । २ नम्बर वडा कांग्रेसले जितेको छ ।

१ हजार ६ सय ९६ मतदाता रहेको जगदुल्लामा १ हजार ५ सय ३६ मत खसेको थियो । रोकाय २०७४ सालमा पनि अध्यक्षमा निर्वाचित भएका थिए ।

३१,बैशाख.२०७९,शनिबार १५:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्