काठमाडौं अपडेट : स्थापितभन्दा बालेन ३७ भोटले अगाडि, वडा नम्बर २ मा पनि गणना सुरु

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेनले अग्रता कायम राखेका छन् । वडा नम्बर १ र ३२ सँगै अहिले वडा नम्बर २ को पनि मत गणना सुरु भएको छ ।

पछिल्लो अवस्थामा स्वतन्त्र उम्मेदवार बालेन पहिलो, एमालेका केशव स्थापित दोस्रो र कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् ।

हालसम्म ६८० मतको गणना भइसकेको छ, जसमा बालेनले २१६ मत ल्याएका छन् ।

स्थापितले १७९ मत ल्याउँदा सिर्जनाको मत १४१ रहेको छ ।

यो पनि पढ्नुहोस  नाबालिका बलात्कार अभियोगमा एक पक्राउ
३१,बैशाख.२०७९,शनिबार १६:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: