हेटौंडाको मेयरमा एकीकृत समाजवादीको २ मतको झिनो अग्रता

नेपाली जनता
nepalijanta73@gmail.com

काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट मेयरकी उम्मेदवार मीना लामाले २ मतले अग्रता लिएकी छन् । ६ हजार ६ सय मतगणना हुँदा गठबन्धनकी उम्मेदवार लामाले २ हजार १३० मत ल्याएकी छन् ।

एमालेका अनन्त पौडेल २ हजार १२८ मतका साथ उनलाई पछ्याइरहेका छन् । हेटौंडाको मेयरमा राप्रपा पनि प्रतिस्पर्धामा आएको छ । राप्रपाका दीपक सिंहले २ हजार १ मत ल्याएका छन् ।

यस्तै उपमेयरतर्फ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका राजेश बानियाँको मतान्तर धेरै देखिन्छ । बानियाँले ३ हजार १६५ मत ल्याउँदा नेकपा एमालेकी सुमित्रा काफ्लेले २ हजार ३२३ मत ल्याएकी छन् । यस्तै राप्रपाकी उम्मेदवार इन्दिरा न्यौपानेले ७०५ मत ल्याएकी छन् ।

यो पनि पढ्नुहोस  बेलायत सरकारले भुतपूर्व गोर्खा सैनिकको पेन्सनमा वृद्धि गर्ने (पत्रसहित)
१,जेष्ठ.२०७९,आईतवार १२:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: