बैतडीका १० स्थानीय तहमध्ये ६ मा एमाले, तीनमा कांग्रेस र एकमा माओवादीको अग्रता

नेपाली जनता
nepalijanta73@gmail.com

बैतडी । १० स्थानीय तह रहेको बैतडीका ६ पालिकामा एमालेले अग्रता लिएको छ । कांग्रेसले तीन र एक पालिकामा माओवादी केन्द्र अग्रस्थानमा देखिएको छ ।

एमालेले अग्रता लिएका पालिकामा दशरथचन्द, पाटन र मेलौली नगरपालिका तथा दोगडाकेदार, पञ्चेश्वर र सुर्नया गाउँपालिका छन् ।

कांग्रेसले पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकामा अग्रता कायम राखेको छ ।

डिलाशैनी गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र रानाले अग्रता हासिल गरेका छन् ।

यो पनि पढ्नुहोस  नेपालमा थप २८ जनामा ओमिक्रोन भाइरसको संक्रमण पुष्टि
१,जेष्ठ.२०७९,आईतवार १२:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: