एमालेकी सरस्वती कुलुङ बनिन् सोलुखुम्बकै पहिलो महिला वडाध्यक्ष

काठमाडौं । सोलुखुम्बुको महाँकुलुङ गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेकी उम्मेदवार सरस्वती कुलुङ विजयी भएकी छन् । उनी सोलुखुम्बुको पहिलो महिला वडाध्यक्ष हुन् ।

९०४ मत खसेको वडामा ३१८ मत प्राप्त कुलुङ निर्वाचित भएको निर्वाचन अधिकृत टेकनाथ अधिकारीले जानकारी दिए ।

निकटतम प्रतिद्वन्द्धी नेपाली कांग्रेसका उमेदवारले २७९ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका उमेदवारले २७४ मत प्रप्त गरेका छन् ।

१,जेष्ठ.२०७९,आईतवार १४:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्