सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना अवरुद्ध

नेपाली जनता
nepalijanta73@gmail.com

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना रोकिएको छ । निर्वाचन अधिकृत रमेश श्रेष्ठका अनुसार मतगणनाका क्रममा केही असमझदारी भएपछि मतगणना स्थगित भएको हो ।

उम्मेदवार नै नरहेको हसियाँ हथौडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको मतलाई कांग्रेस उम्मेदवारले पाएको मतका रुपमा गणना गर्न माग भएपछि विवाद भएको हो । निर्वाचन अधिकृत श्रेष्ठका अनुसार सर्वपक्षीय बैठक बसेर मतगणना सुरु गर्ने प्रयास भइरहेको छ ।

बराहक्षेत्रमा गठबन्धन दलका तर्फबाट मेयरमा कांग्रेसका रमेश कार्की उम्मेदवार छन् भने उपमेयर पदमा माओवादी केन्द्रका अमित गौतम उम्मेदवार छन् ।

एमाले उम्मेदवार नीलम खनालले ६७८ मत ल्याउँदा कांग्रेसका रमेश कार्कीले ५७२ मत पाएका छन् ।

यो पनि पढ्नुहोस  जनकपुर-जयनगर रुटमा चलाउन शुक्रबार तामझामसहित नेपाल आइपुगका रेलहरु अहिले पार्किङमा
१,जेष्ठ.२०७९,आईतवार १४:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: