गुल्मीको कालीगण्डकी २ मा १ मतले कांग्रेसका उम्मेदवार विजयी

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ मा एक मतले नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेस उम्मेदवार रेशमराज न्यौपाने ७५६ मत ल्याउँदै एक मतको अन्तरले निर्वाचित भएका हुन् । उनका प्रत्यासी नेकपा एमालेका बाबुराम न्यौपानेले ७५५ मत ल्याए ।

सोही गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका लालुबहादुर पाण्डे वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले ७२७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका रविन्द्र पाण्डेले ६४१ मत ल्याएका छन् ।

गाउँपालिकाको जारी मतगणनामा अध्यक्ष र उपाध्यक्ष पदमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

१,जेष्ठ.२०७९,आईतवार १५:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्