गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

रुकुमपूर्वको सिस्नेको अध्यक्षमा माओवादीका रेग्मी निर्वाचित

5.81K
shares
khanepani bord

रुकुम पूर्व । रुकुम(पूर्व) को सिस्ने गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्ण रेग्मी निर्वाचित भएका छन् । उनले एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै पालिका अध्यक्षमा विजयी हासिल गरे ।

रेग्मीले तीन हजार ७७९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनबाट दत्तबहादुर बस्नेतले तीन हजार ७०० मत प्राप्त गरे ।

यस्तै एमाले–कांग्रेस गठबन्धनबाट एमालेका गोपाल रेउले उपाध्यक्षमा निर्वाचित भएका छन् । उनले तीन हजार ७६१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी आस्था विकले तीन हजार ४७४ मत प्राप्त गरिन् ।

यस्तै पालिका अध्यक्षमा राप्रपाका उम्मेदवार सुधीरबिक्रम शाहीले १७ मत प्राप्त गर्दा नेमकिपाका कालो खड्काले ३ मत प्राप्त गरे ।

८ वटा वडा रहेको सिस्ने गाउँपालिकामा ४ वटा वडा माओवादीले जितेको छ भने ३ वटा वडा एमाले र एउटा वडा कांग्रेसले जितेको छ । गएको स्थानीय तह चुनावमा सिस्ने गाउँपालिकाको अध्यक्ष उपाध्यक्षसँगै ६ वटा वडामा माओवादीले जितेको थियो ।

IME
khanepani