गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री देउवाले गरे गौतमबुद्ध विमानस्थलको उद्घाटन, जजिरा एयरवेजको अन्तर्राष्ट्रिय विमान अवतरण

4.68K
shares
khanepani bord

रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गरेका छन् भने कुवेतको जजिरा एयरवेजको अन्तर्राष्ट्रिय विमान पहिलोपटक विमानस्थलमा अवतरण भएको छ ।

नियमित अन्तर्राष्ट्रिय उडानका लागि जजिराले अनुमति पाएको थियो । जजिराले बुद्धजयन्तीको अवसर पारेर सोमबारदेखि नियमित रूपमा कुवेत–भैरहवा–कुवेत उडान गर्नेछ ।

नेपाली समय अनुसार सोमबार बिहान २ बजेर ३० मिनेटमा कुबेतबाट उडान भरेको जजिराको विमान बिहान ७ बजेर ७ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जजिराले हाल काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ ।

जजिरा एयरले अहिले हप्ताको ३ दिन उडान गर्नेछ ।

IME
khanepani