दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध

नेपाली जनता

नयाँ दिल्ली । तीब्र तातो हावाका कारण भारतका केही भागमा अत्यधिक गर्मी बढेको छ । दिल्ली र उत्तर प्रदेशका स्थानहरूकाे तापक्रम ४९ डिग्री सेल्सियस मापन गरिएको छ । मौसम कार्यालयले केरलामा भारी वर्षाको चेतावनी दिएको छ भने पाँच जिल्लाहरूमा रेड अलर्ट जारी गरिएको छ ।

दिल्लीमा सफदरजंग अब्जरभेटरीले ४५ दशमलब ६ डिग्री सेल्सियस रेकर्ड गरेको छ भने उत्तरपश्चिम दिल्लीको मुंगेशपुर र दक्षिणपश्चिम दिल्लीको नजफगढमा दुई वटा मौसम स्टेसनहरूले क्रमशः ४९ दशमलब २ र ४९ दशमलब १ डिग्री सेल्सियस रिपोर्ट गरेका छन् ।

सफदरजंगको तापक्रम यो सिजनको उच्च हो । अत्यधिक गर्मी बढेपछि सर्वसाधारणलाई घरभित्रै बस्न भनिएको छ ।

यो पनि पढ्नुहोस  दशैँ बिदामा घर जाने सैनिकलाई सेनाले आफ्नै बस र हेलिकप्टरमा घरसम्म पुर्‍याउने व्यवस्था
२,जेष्ठ.२०७९,सोमबार १०:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: