रसुवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

नेपाली जनता

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिका ५ नौबिसेमा गएराती मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही गाउँपालिका १ का ४० वर्षीय राम तामाङ र मोटरसाइकलमा पछाडि सवार नुवाकोटको बिदुर नगरपालिका १० बेत्रावतीकी ४३ वर्षीया पम्फा तामाङ रहेकी छिन् ।

दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो । बेत्रावतीबाट खाल्टेतर्फ जादै गरेको बा ९६ प २०९४ नम्बरको मोटरसाइकल गएराती सवा १२ बजे अनियनित्रत भइ पल्टिएको प्रहरी चौकी बेत्रावतीले जनाएको छ ।

यो पनि पढ्नुहोस  साताको सेयर बजार : परिसूचकसँगै कारोबार रकम पनि घट्यो
२,जेष्ठ.२०७९,सोमबार ११:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: