ओलीको गृहजिल्लामा गठबन्धन र एमालेको टक्कर : ७/७ स्थानीय तहमा अग्रता

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा सत्ता गठबन्धन र एमालेबीच कडा प्रतिष्पर्धा भइरहेको छ ।

गठबन्धनका दल र एमालेबीच जिल्लामा ७/७ स्थानीय तहमा अग्रता लिएका छन् । एक स्थानीय तहमा चाहिँ राप्रपा एक्लैले अग्रता लिएको छ । राप्रपाका उम्मेदवार रवीन्द्र लिङ्देनले हल्दिबारीमा अग्रता लिइरहेका हुन् ।

सत्ता गठबन्धनले समर्थन गरेका राप्रपा उम्मेदवार राम थापाले पनि दमकमा अग्रता लिइरहेका छन् । गठबन्धनमा नेपाली कांग्रेसका मेयरका उम्मेदवार गणेश पोखरेल (भद्रपुर), हुकुमसिंह राई (कमल), फूलवती राजवंशी (गौरीगञ्ज), जयनारायण शाह (झापा), मनोज प्रसाईं (बुद्धशान्ति) र कालेन्द्रप्रसाद सिंह राजवंशी (कचनकवल) मा अगाडि छन् ।

कचनकवलमा कांग्रेसले अघोषितरुपमा नेकपा एमालेसँग तालमेल गरेको थियो । तर राप्रपाकी उम्मेवादर निमसरी राजवंशीले अहिलेसम्म अग्रता लिइरहेकी छन् ।

नेकपा एमालेका उम्मेवादरहरु गोपालचन्द्र बुढाथोकी (मेचीनगर), राजेन्द्रकुमार पोखरेल (कनकाई), वलदेव गोम्देन (अर्जुनधारा), मेगाहाङ्ग थोप्रा (शिवसताक्षी), पवित्रा महतरा प्रसाईं (विर्तामोड) र देवीप्रसाद चम्लागाईं (बाह्रदशी) मा अगाडि छन् ।

हेर्नुस् जिल्लाका १५ वटै स्थानीय तहको हालसम्म प्राप्त मतपरिणाम

मेचीनगर नगरपालिका

मेयर

एमाले – ८०५

नेपाली कांग्रेस – ६७५

राप्रपा – ७९

उपमेयर

एमाले – ७८१

माओवादी केन्द्र – ३२३

राप्रपा – २१४

दमक नगरपालिका

मेयर

एमाले – ४४९५

राप्रपा – ५०९१

उपमेयर

एमाले –४३४४

कांग्रेस ४९४३

कनकाई नगरपालिका

मेयर

एमाले – ४३७८

जेब्रा (कांग्रेस बागी) – ३९७८

नेपाली कांग्रेस – २८३२

राप्रपा – ९६१

उपमेयर

एमाले – ४६९१

कांग्रेस– ५१२३

राप्रपा – ८५२

भद्रपुर नगरपालिका

मेयर

एमाले – ३१२१

नेपाली कांग्रेस – ३९०९

राप्रपा –२६६७

उपमेयर

एमाले – २८८५

माओवादी केन्द्र – ३५६०

राप्रपा – २९८०

अर्जुनधारा नगरपालिका

मेयर

एमाले – ३१५१

नेपाली कांग्रेस – २४६१

राप्रपा – २५७

उपमेयर

एमाले – ३०२०

माओवादी केन्द्र – १६६४

राप्रपा – ३२७

शिवसताक्षी नगरपालिका (मतगणना स्थगित )

मेयर

एमाले – १२६४

नेपाली कांग्रेस – १०१९

राप्रपा – १२२

उपमेयर

एमाले – ११३८

माओवादी केन्द्र – ९५८

राप्रपा – १२४

गौरादह नगरपालिका

मेयर

एमाले – २७५३

नेपाली कांग्रेस – २६३०

उपमेयर

एमाले – २४५३

माओवादी केन्द्र – २४९६

विर्तामोड नगरपालिका

मेयर

एमाले – १५६८

नेपाली कांग्रेस – ११२१

राप्रपा – ३१४

उपमेयर

एमाले – १५३१

माओवादी केन्द्र – ६७१

राप्रपा – ४१९

कमल गाउँपालिका

अध्यक्ष

एमाले – २२१५

नेपाली कांग्रेस – ३६६५

राप्रपा – २२१

उपाध्यक्ष

एमाले – २३२८

माओवादी केन्द्र – २९५८

राप्रपा – २८१

गौरीगञ्ज गाउँपालिका

अध्यक्ष

एमाले – ५०७

नेपाली कांग्रेस – ५३५

राप्रपा – २९२

उपाध्यक्ष

एमाले – ६५५

माओवादी केन्द्र – ५०६

राप्रपा – ११५

बाह्रदशी गाउँपालिका

अध्यक्ष

एमाले – २६०२

नेपाली कांग्रेस – २५१२

राप्रपा – १७३८

उपाध्यक्ष

एमाले – २८३५

माओवादी केन्द्र – ११७४

राप्रपा – १७७७

झापा गाउँपालिका

अध्यक्ष

एमाले – १६०८

नेपाली कांग्रेस – १९२२

माओवादी– ७४१

उपाध्यक्ष

एमाले – १३१७

नेपाली कांग्रेस –१७५९

माओवादी केन्द्र – ७२८

बुद्धशान्ति गाउँपालिका

अध्यक्ष

एमाले – १८३०

नेपाली कांग्रेस – २५३८

उपाध्यक्ष

एमाले – १३८६

माओवादी केन्द्र – ९१५

हल्दिबारी गाउँपालिका

अध्यक्ष

एमाले – १९७२

नेपाली कांग्रेस – ६१४

राप्रपा – ३१५५

उपाध्यक्ष

एमाले – १९८९

माओवादी केन्द्र – २९४

राप्रपा – २४२२

कचनकबल गाउँपालिका

अध्यक्ष

नेपाली कांग्रेस – ३९१८

राप्रपा – १९५१

माओवादी – २०२

उपाध्यक्ष

एमाले – २४०२

माओवादी केन्द्र – ६४०

राप्रपा – २२१८

२,जेष्ठ.२०७९,सोमबार ११:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्