काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत सव-इन्जिनियर...

पुरा पढ्नुहाेस्

भारतीय प्रधानमन्त्री मोदीले गरे मायादेवी मन्दिरको दर्शन

4.99K
shares
khanepani bord

बुटवल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरेका छन् । २५६६औं बुद्ध जयन्ती मूल समारोहमा सहभागी हुन आएका मोदीले प्रधानमन्त्री शेरबहादुर देउवासँगै मायादेवी मन्दिरको दर्शन र पूजा आराधना गरेका हुन् ।

त्यसपछि मोदी र देउवाले लुम्बिनीको बोधीवृक्षमा जल चढाउनुका साथै अशोक स्तम्भ परिसरमा उभिएर प्रार्थना गरे । इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसनले बनाउने बौद्ध विहार शिलान्यासपछि मोदी २५६६औं बुद्ध जयन्ती मूल समारोहमा सहभागी हुनेछन् ।

मोदी सोमबार बिहान पौने ११ बजे लुम्बिनी आइपुगेका थिए । उनलाई लुम्बिनीमा प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । मोदी आजै भारत फर्कनेछन् ।

IME
khanepani