गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी

5.07K
shares
khanepani bord

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा सिर्जना बुर्लाकोटी निर्वाचित भएका हुन् । महर्जनले ११ हजार ९८८ मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामेश्वर बोहराले सात हजार ८०८ मत ल्याए ।

कांग्रेसबाट विजयी उपमेयर उम्मेदवार बुर्लाकोटीले १० हजार ७८६ मत पाइन् । उनका प्रत्यासी एमालेकी पराजित भवानी डोटेलले ८ हजार ६ मत प्राप्त गरिन् ।

तारकेश्वर नगरपालिकामा २०७४ सालको निर्वाचनमा एमाले विजयी भएको थियो ।

IME
khanepani