गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

रोल्पाको सुनछहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

5.54K
shares
khanepani bord

काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा माओवादीका धनबहादुर पुनमगर विजयी भएका हुन् ।

धनबहादुरले ३४३९ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पुस्तमन घर्तीमगरले १५२३ मत ल्याए । तेस्रो भएको मंगोल अर्गानाइजेसनका भाज घर्तीमगरले १८१ मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा पनि मावादी केन्द्रकी ननकला घर्तीमगर विजयी भएकी छिन् । उनले ३४९२ मत ल्याइन् ।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कोमबहादुर बुढाले १६११ मत पाए । तेस्रो भएको मंगल अर्गनाइजेसनकी रतीमाला घर्तीले १७३ मत ल्याइन्।

यो पालिकामा कांग्रेस एमालेले स्वतन्त्रलाई समर्थन गरेका थिए ।

IME
khanepani