सिरहाको अर्नमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

जनकपुरधाम । सिरहाको अर्नमा गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक कुमार यादव विजयी भएका छन् ।

यादवले ३ हजार २३३ मत ल्याएर विजयी भएका हुन् । उनी जसपाका जिल्ला अध्यक्ष समेत छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका चन्देश्वर मण्डल २ हजार ८१० मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा जसपाकै शोभा कुमारी साह ३ हजार १५९ मत ल्याएर विजयी भएकी छन् । उनका निकटम प्रतिस्पर्धी रामपुकारी देवी कोइरीन ३ हजार १५९ मत ल्याएकी छन् ।

७४ सालको निर्वाचनमा अर्नमा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ठकु महतो विजयी भएका थिए । तर यो निर्वाचनमा उनी तेस्रो स्थानमै सिमित रहे ।

४,जेष्ठ.२०७९,बुधबार ०९:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्