प्रदेश सांसदबाट राजीनामा दिएका कुशवाहा मेयरको दौडमा ६४८ मतले पछाडि

जनकपुरधाम । प्रदेश सांसद पदबाट राजीनामा दिएर सर्लाहीको गोडैटा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका उपेन्द्रप्रसाद कुशवाहा ६ सयभन्दा बढी मतले पछि परेका छन् ।

नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार देबेन्द्रकुमार यादवसँग ६ सय ४८ मतले पछि परेका हुन् ।

यादवले ३ हजार ३५५ मत पाउँदा कुशवाहाले २ हजार ७०७ मत मात्रै पाएका छन् । यहाँ नेकपा एमालेका उम्मेदवार श्यामबाबु साहले २ हजार ३६० मत पाएका छन् ।

४,जेष्ठ.२०७९,बुधबार १०:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्