काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

बुटवलमा बम विस्फोट गराएको आरोपमा तीन जना पक्राउ

4.64K
shares
khanepani bord

रुपन्देही । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा बुटवलको मिलनचोकमा प्रेसरकुकर बम बिस्फोट गराउने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बम विस्फोट गराएको आरोपमा प्रहरीले नेकपा माओवादीका महासचिव सहित ३ जनालाई पक्राउ गरेको हो। यसरी पक्राउ पर्नेमा नेकपा माओवादीका केन्द्रिय महासचिव सुरेश खनाल, केन्द्रिय सदस्य फणिन्द्र गर्तौला, गोर्खा जिल्ला इन्चार्ज शुक्र कुमार श्रेष्ठ रहेका छन् रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए।

बैशाख २८ गते साँझ सवा ८ बजे बुटवल९९ मिलनचोकमा रहेको आकाशे पुल तल प्रेसर बम बिस्फोट गराएको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले पत्रकार सम्मलेन गरी जानकारी गराएको हो ।

उनीहरुलाई जेठ १ गते बुटवलको नयाँगाउँबाट पक्राउ गरिएको र उनीहरुको साथबाट प्रहरीले मोटरसाइकल ३ वटा, कुकर २ थान, मोबाइल ३ थान, बम बनाउन प्रयोग गरिने केही सामग्रीसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

साथै नेपाल बन्द सफल पारौ, चुनावलाई बहिस्कार गरौं जस्ता लेखिएको पम्लेट समेत फेला परेको प्रहरीले जनाएको छ । उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिछेद ७ बिस्पोटक पदार्थ सम्बन्धि कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान अघि बढेको प्रहरी प्रमुख केसीले बताए ।

मिलनचोकमा रहेको सनराईज बैंकको अगाडीको भागमा राखिएको प्रेसर कुकर बम बिस्फोट हुँदा नजिकै रहेको एक होटलमा क्षति पुगेको थियो।

IME
khanepani