धनुषाको मुखियापट्टी मुसहरनियाको अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

नेपाली जनता

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पद जनता समाजवादी पार्टी (जसपा) ले जितेको छ ।

अध्यक्षमा जसपाका जयकुमार यादव ५ हजार ४१० मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका रामबाबु यादवले २ हजार ४५५ मत ल्याए ।

उपाध्यक्षमा जसपाकै सैदा खातुन ४ हजार ४१४ मत ल्याएर निर्वाचित भएकी छन् । कांग्रेसकी अनिताकुमारीले ३ हजार १५२ मत ल्याएर दोस्रो भइन् ।

यो पनि पढ्नुहोस  कोरोना संक्रमित सर्लाहीकी महिलाको काठमाडौंमा मृत्यु
४,जेष्ठ.२०७९,बुधबार १६:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: