काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग...

पुरा पढ्नुहाेस्

गठबन्धनलाई हराउँदै सुनवलको मेयर र उपमेयरमा एमाले विजयी

4.99K
shares
khanepani bord

नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई हराउँदै मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयरमा एमालेकी विमला अर्याल र उपमेयरमा पनि एमालेकै सूर्यप्रसाद दुवे निर्वाचित भएका हुन् ।

अर्यालले १४ हजार ८३८ ल्याउँदा नेपाली कांग्रेसका अर्जुनकुमार पोखरेलले ११ हजार ६२० मत ल्याए । पराजित पोखरेल कांग्रेसका जिल्ला सभापति समेत हुन् ।
उपमेयरमा निर्वाचित दुबेले १३ हजार ७९८ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका लेखनाथ खरेलले ८ हजार ८९० मत ल्याए । सुनवलमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।

यसअघिको निर्वाचनमा कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो । १३ वडा रहेको सुनवलका ७ वडा एमाले, ५ वडा नेपाली कांग्रेस र १ वडा माओवादी केन्द्रले जितेको छ ।

IME
khanepani