मुख्यमन्त्रीका पीएले जोगाउन सकेनन् जमानत

नेपाली जनता

जनकपुरधाम ‌। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव पद त्यागेर गाउँपालिका अध्यक्षमा चुनाव लडेका दीपक यादवको जमानत जफत भएको छ ।

यादव पर्साको पटेर्वा सुगौली गाउँपालिका अध्यक्षमा जसपाबाट भिडेका थिए । तर, ४६९ मत मात्र ल्याएपछि उनको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यहाँ अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका दिनेशकुमार चौधरी ५ हजार १४४ मत ल्याएर विजयी भए ।

उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका हरिनरायण चौधरीले ३ हजार ९४४ मत पाएका छन् ।

यो पनि पढ्नुहोस  अस्थायी संरचनामै लुम्बिनी प्रदेश सरकारका मन्त्रालय सार्ने तयारी
५,जेष्ठ.२०७९,बिहीबार १८:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: