काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग...

पुरा पढ्नुहाेस्

धनुषाको नगराइन नगरप्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

4.63K
shares
khanepani bord

काठमाडौं । धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका विनय कुमार यादव र उपप्रमुखमा नेकपा एमालेकी राधा देवी यादव विजयी भएका छन् ।

नगरप्रमुखमा विजयी यादवले ५ हजार ५५६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामबाबु पञ्जियारले ५ हजार ५१४ मत पाए । लोसपाका उम्मेदवार राजेश चौधरी २ हजार ७५८ मत पाए ।

नगर उपप्रमुखमा नेकपा एमालेकी राधादेवी यादवले नेपाली कांग्रेसकी रञ्जु कुमारी साहलाई २०७ मत अन्तरले हराइन् । यादवले ५ हजार ७३० मत र साहले ५ हजार ५२३ पाएका छन् । लोसपाकी उर्मिला देवी मण्डलले १ हजार ९३३ मत मात्र पाइन् ।

IME
khanepani