हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही अध्यक्षमा निर्वाचित भएका छन् । माओवादी केन्दका उम्मेदवार गोविन्दबहादुर शाहीलाई ५२३ मतातन्तरले पारजित गर्दै प्यारीलाल विजयी भएका हुन् ।

स्वतन्त्र उम्मेदवार शाहीले १६९५ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी माओवादीका गोविन्दबहादुरले ११७१ मत पाए ।

यो पालिकामा माओवादी केन्द्र र कांगेसबीच तालमेल थियो । कांग्रेससँग असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका प्यारीलाललाई एमाले, एकीकृत समाजवादीले समर्थन गरेका थिए ।

उपाध्यक्षमा भने एकीकत समाजवादीकी प्रेमकला शाही विजयी भएकी छन् । १९९ मतातन्तरले शाही विजयी भएकी हुन् । उनले १३७२ मत ल्याइन् भने कांग्रेसकी मैना बुढाले ११७३ मत पाइन् ।

चंखेली गाउँपालिका वडा -१ मा वडाध्यक्ष एमालेका गोविन्द बोहरा, वडा नम्वर- २ मा कांग्रेसका विर्ख सिंह, वडानम्बर-३ मा माओवादी केन्द्रका भारमल बुढा, वडानम्बर – ४ मा स्वतन्त्रबाट पदमबहादुर शाही, वडानम्बर – ५ मा स्वतन्त्रबाटै हर्कधन तामाङ, वडानम्बर-६ मा पनि स्वतन्त्रबाटै जयबहादुर सिरा विजयी भएका छन् ।

हुम्लाका सात पालिकामध्ये तीन पालिका कांग्रेस र चार पालिका माओवादी केन्द्रको भागमा राखेर गठबन्धन भएको थियो । तर माओवादी एउटा केन्द्रमा जित हात पार्न सकेन ।

माओवादी केन्द्रकै गड मानिएको चंखेली गाउँपालिका स्वतन्त्र उम्मेदवार विजयी भए ।

ताँजाकोट, नाम्खा, सिमकोटमा भने माओवादी केन्द्र अध्यक्षमा विजयी भयो । अदानचुली, सर्केगाड र खार्पुनाथमा उपाध्यक्षमा चित बुझायो ।

यस्तै कांग्रेसले अदानचुली, सर्केगाड, खार्पुनाथ गाउँपालिकामा अध्यक्षमा जितेको छ । ताँजाकोट,सिमकोट र नाम्खामा उपाध्यक्ष जितेकै छ ।

हुम्लामा एमाले पनि शून्य भएको छ ।

६,जेष्ठ.२०७९,शुक्रबार ०८:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्