महोत्तरीको सोनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा लोसपा विजयी

काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा लोसपाका विशेश्वरप्रसाद यादव ४१०८ मतका साथ विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गाेखुल यादवले ३२४३ मत पाए ।

यस्तै उपाध्यक्षमा पनि लोसपाकै जहिदा खातुन विजयी भएकी छन् । उनले ३२९८ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकै रंजितादेवी यादवले ३२४३ मत पाइन् ।

६,जेष्ठ.२०७९,शुक्रबार ०९:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्