काठमाडौं । नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता रकम राष्ट्रिय बजेट प्रणाली र सरकारी...

पुरा पढ्नुहाेस्

कमलामाई नगरप्रमुखमा कांग्रेसका पोखरेल र उपप्रमुखमा एमालेकी देवकोटा निर्वाचित

5.19K
shares
khanepani bord

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्‍मेदवार उपेन्द्रकुमार पोखरेल र उपप्रमुखमा नेकपा एमालेकी मन्जु देवकोटा निर्वाचित भएका छन् ।

कांग्रेस उम्मेदवार उपेन्द्र कुमार पोखरेलले निकटतम् प्रतिस्पर्धी एमालेका महेन्द्रदेव श्रेष्ठलाई १६०० बढी मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।

पोखरेलले १४ हजार १८७ मत ल्याउँदा एमालेका श्रेष्ठले १२ हजार ५७६ मत मात्र पाए ।

यस्तै नगरको उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्‍मेदवार दीर्घराज श्रेष्ठलाई १००० बढी मतले पराजित गर्दै एमालेकी मन्जु देवकोटाले जितेकी हुन् । मन्जुले १२ हजार ६९४ मत मत ल्याउँदा माओवादी केन्द्रका दीर्घराज श्रेष्ठले ११ हजार ६८७ मत मात्र पाए ।

IME
khanepani