गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

गगन थापाको वडामा फराकिलो अन्तरले कांग्रेस उम्मेदवार विजयी हुँदा सिर्जनालाई दोस्रो मत

5.07K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको वडामा कांग्रेस उम्मेदवार फराकिलो अन्तरले वडाध्यक्षमा विजयी भएका छन् । वडाध्यक्षमा निर्वाचित दलबहादुर कार्कीले २ हजार ६१ मत ल्याए । तर कार्कीले यत्तिका मत ल्याउँदा कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले भने उनको भन्दा आधा कम मात्रै मत पाइन् ।

काठमाडौं महानगरपालिकाको ३० नम्बर वडामा वडाध्यक्षसहित प्यानलै कांग्रेसबाट विजयी भएका छन् । मेयर उम्मेदवार सिंहले १ हजार १९ मत मात्र पाइन् भने यस वडामा पनि स्वतन्त्र उम्मेदवार बालेन साहले मेयरमा सबैभन्दा बढी मत पाए । साहले १ हजार ७०१ प्राप्त गरे ।

दोस्रो स्थानको मत सिंहले ल्याइन् भने एमालेका मेयर उम्मेदवार केशव स्थापितले ७४९ मत प्राप्त गरेका छन् । यस वडामा एमालेका वडाध्यक्षका उम्मेदवारले ८४८, राप्रपाले ५२१, एकीकृत समाजवादीले ३४७ मत पाए ।

कांग्रेसबाट मनोज डंगोल, मिलन कुमार खड्का, सरिता महतो र इन्दु सिंहले वडा सदस्य जितेका छन् ।

काठमाडौंको जारी मतगणनामा मेयरमा स्वतन्त्र उम्मेदवार साहले २८ हजार २० मत सहित अग्रता कायम राखेका छन् । एमाले उम्मेदवार स्थापितले १४ हजार ५४८ मत ल्याएका छन् भने तेस्रो स्थानमा कांग्रेस उम्मदेवार सिंहले १३ हजार ९९० मत पाएकी छन् ।

IME
khanepani