काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

कलैया उपमहानगरमा एमालेको सरप्राइज, बलियो गठबन्धनलाई छिचोल्दै मेयर उपमेयर दुवै जित नजिक

5.47K
shares
khanepani bord

बारा । देशका ६ महानगरपालिका र १० वटा उपमहानगरपालिकाका उम्मेदवारको मतगणनाको छिनछिनमा अपडेट भइहरेका बेला मधेस प्रदेशको ठूलो जनघनत्व ओगट्ने कलैया उपमहानगरपालिकाको चर्चा भने कमै चल्यो ।

मतगणनाको चर्चामा समेत लोप्रोफाइलमा परेको यो उपमहानगरपालिकामा एमालेले सत्ता गठबन्धनविरुद्ध आश्चर्यजनक नतिजा निकालेको छ । मतगणना नसकिँदै उपमहानगरपालिकाको मेयरमा एमालेका विनोद साह कांग्रेसका राजेश रायलाई ७ हजार मतान्तरले पछि पार्दै विजय नजिक पुगिसकेका छन् ।

अघिल्लो निर्वाचनमा राजेशसँगै कबिब ३०० मतान्तरले पराजित साहले यसपटक क्षतिपूर्तिसहित जित निकाल्ने भएका छन् । उनी आफूमात्र जित्दै छैनन्, उपमेयरमा पनि एमालेकै रौशन पर्विन पनि जित नजिक छिन् । केहीबेरमा विजयको औपचारिक घोषणा हुँदैछ ।

विनोदका लागि यो चुनाव पहिलेको भन्दै धेरै चुनौतीपूर्ण थियो । अघिल्लो निर्वाचनमा एक्लाएक्लै लड्दा पराजित साहसँग यसपटक विजेता कांग्रेस र करिब एमालेकै हाराहारी मत पाएको जसपासहित माओवादी र नेकपा एसको समेत गठबन्धन मिलेर प्रतिस्पर्धामा आएको थियो ।

पूर्वसांसदसमेत रहेका जसपाका नेता प्रमोद यादव गठबन्धनबाट उपमेयर उम्मेदवार भएकाले मुस्लिम महिला रौशन पर्वितको लागि जित झनै कठिन थियो । तर कतै चर्चामै नरहेका लो–प्रोफाइल उम्मेदवारहरुले कलैयाबाट एमालेका लागि सरप्राइज नतिजा निकालेका छन् भने गठबन्धनलाई धक्का लागेको छ ।

हालसम्म मतगणना सकिएका उपमहानगरपालिकामध्ये घोराहीमा एमाले र जितपुर सिमरामा गठबन्धनले जितेका छन् । हेटौंडामा गठबन्धन जित नजिक पुगेका बेला कलैयाबाट एमालेले जित निकाल्न लागेको हो ।

IME
khanepani