काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

कान्समा ऐश्वर्याको मादकता : ४ महिना लगाएर तयार पारियो पहिरन

5.97K
shares
khanepani bord

काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा यसपटक पनि बलिउडको दबदबा देखिएको छ । दीपिका पादुकोण जुरीमा छिन् भने ऐश्वर्या राय, हिना खान, हेली शाह, नवाजुद्दिन सिद्दिकी, आर माधवनसहित अन्य भारतीय कलाकारले रेडकार्पेटमा छाए ।

कान्सको तेस्रो दिन नीला आँखावाली अभिनेत्री ऐश्वर्याले सौन्दर्यको जादु रेडकार्पेटमा छरिन् । फेसन डिजाइनर गौरव गुप्ताको पिंक गाउन पहिरनमा उनी आकर्षक देखिएकी थिइन् ।

ऐश्वर्याको यो कस्ट्युम डिजाइन गर्न ३५ सय घण्टा जति समय लागेको भग म्यागजिनले जनाएको छ । इटालीका कलाकार बोट्टीसेलीको चर्चित पेन्टिङबाट प्रभावित भएर बनाइएको यो पहिरन डिजाइन सकिने वित्तिकै कान्समा प्रस्तुत गरिएको हो ।

भेनस कलामा आधारित रहेर गुप्ताले ऐश्वर्याका लागि यो डिजाइन तयार पारेका हुन् । तस्बिरमा ऐश्वर्याको सौन्दर्य अझै चामिङ देखिन्छ । दिल्लीका यी डिजाइनरले तयार पारेको पहिरन हालैको म्युजिक भिडियोमा गायिका कार्डी बीले लगाएकी थिइन् ।

कान्सको तेस्रो दिन बलिउड अभिनेत्री पूजा होग्डेले पनि रेडकार्पेट नापेकी थिइन् । कान्समा यसपटक नेपाली अभिनेत्री सुरक्षा पन्त समेत हिँडेकी थिइन् । सुरक्षा अहिले कान्समै छिन् ।

IME
khanepani