काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

काठमाडौं अपडेट : दोस्रो स्थानबाट स्थापितलाई सिर्जनाले गरिन् विस्थापित

5.77K
shares
khanepani bord

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रस्थान कायम गरिरहँदा दोस्रो स्थानमा तीव्र प्रतिस्पर्धा छ ।

पछिल्लो अवस्थामा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमालेका केशव स्थापितलाई उछिनेकी छन् ।

हामीलाई प्राप्त विवरण अनुसार ९६ हजार ६४९ मतको गणना सकिँदा सिर्जना दोस्रो स्थानमा उक्लिएकी हुन् । ३६ भोटले उनी स्थापित भन्दा अगाडि छिन् ।

अहिलेसम्म सिर्जनाको १९ हजार १४९ भोट आएको छ भने स्थापितले १९१४९ भोट ल्याएका छन् । पहिलो स्थानमा रहेका बालेन उनीहरूभन्दा धेरै अगाडि छन् ।

उनको लौरो चिन्हमा ३४ हजार ९४८ भोट आएको छ ।

अहिले काठमाडौंको ९ वटा वडामा मतगणना भइरहेको छ । जसमध्ये ७ वटा वडामा बालेन र दुई वटा वडामा स्थापितले अग्रता लिएका छन् ।

काठमाडौंको आधा जति मतगणना सम्पन्न भइसकेको छ । पछिल्लो पटक कांग्रेस र एमालेसँग बालेनको प्रतिशत मतान्तर केही कम भए पनि अग्रता निकै फराकिलो छ ।

IME
khanepani