
हेटौंडा । हेटौंडाका नेता तथा वडा नम्बर १० मा वडाध्यक्ष उम्मेदवार भएका सन्तोष न्यौपानेले माओवादी केन्द्र परित्यागको घोषणा गरेका छन् ।
वडाध्यक्षमा तेस्रो भएपछि न्यौपानले पार्टी परित्यागको घोषणा गरेका हुन् । न्यौपानेले वडामा नेपाली कांग्रेसभन्दा एक मत मात्र कम भए राजनीतिबाट सन्यास लिने घोषणा गरेका थिए ।
वडा नम्बर १० मा उनले ३ सय ७६ मत कम ल्याएका थिए । उनले ३ सय ८ मत ल्याउँदा कांग्रेस उम्मेदवारले ६ सय ८४ मत ल्याएका थिए । वडा नम्बर १० मा नेकपा एमालेका फुर्वादोर्जे लामा ९ सय ७२ मतसहित वडाध्यक्षमा विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्