बरियारपट्टी गाउँपालिका अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी -जसपा) र उपाध्यक्षमा नेपाली कांग्रेेसका उम्मेदवार विजयी भएका छन् ।

जसपाबाट सन्तोष कुमार महतो पुनः अध्यक्षमा चुनिएका हुन् । निर्वाचन कार्यालय बरियारपट्टीले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा विजयी महतोले ३ हजार ८४४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्र प्रसाद यादवले ३ हजार ४३४ मत पाएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी ममता कुमारी यादव ५१२ मत अन्तरले विजयी भइन् ।

उनले ३ हजार ९९७ मत पाइन् भने निकटतम प्रतिस्पर्धी सिया कुमारी यादवले ३ हजार ४८५ मत पाएकी छिन् ।

बरियारपट्टी गाउँपालिका वडा नम्बर १, २, ४ र ५ मा नेपाली कांग्रेस र वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष विजयी भएका छन् ।

८,जेष्ठ.२०७९,आईतवार ०९:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्