धनुषाको क्षिरेश्वरनाथको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा एमालेका सुखदेव यादव र उपमेयरमा कांग्रेसकी रचना श्रेष्ठ निर्वाचित भएका छन् ।

मेयरमा निर्वाचित यादवले ७ हजार ९१३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका योगेन्द्र पंजियारले ७ हजार ३०० मत ल्याए ।

उपमेयरमा निर्वाचित श्रेष्‍ठले ७ हजार ५५० मत ल्याउँदा एमालेकी सालिनी चौधरीले ७ हजार ५११ मत ल्याइन् ।

८,जेष्ठ.२०७९,आईतवार १२:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्