धरानमा ३२ सय मत गन्न बाँकी हुँदा ४२ सय भोटले लौरो अगाडि, हर्क साम्पाङको जित पक्का

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना बाँकी छँदै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित पक्का भएको छ ।

धरानमा अझै ३२८५ मत गन्न बाँकी छ । लौरो चिन्ह लिएर चुनाव लडेका साम्पाङ मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईभन्दा ४२८१ मतले अगाडि छन् । अब बाँकी सबै मत कांग्रेसले पाए पनि साङपाङले जित निश्चित गरिसकेका हुन् ।

धरानमा ६२८९८ मत खसेकोमध्ये हालसम्म ५९६१३ मतगणना भइसकेको छ । अहिलेसम्मको परिणाम अनुसार साम्पाङले १९५९७ मत प्राप्त गरेका छन् भने राईले १५३१६ मत ल्याएका छन् । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले १२३४८ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ ।

कुल २० वडामध्ये हालसम्म १९ वडाको गणना भइसकेको छ भने अहिले १७ नम्बर वडाको गणना भइहरेको छ ।

यस्तै धरानको उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा अग्रस्थानमा छन् । बेघाले १९२८३ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका नेकपा एमालेका पदम इस्बो लिम्बूले १६९१६ मत पाएका छन् ।

८,जेष्ठ.२०७९,आईतवार १४:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्