व्यास नगरपलिकामा कांग्रेस उम्मेदवारलाई करिब ५०० मतको अग्रता

दमौली । तनहुँको ब्यास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठ न्यौपानेले करिब ५०० मतको अग्रता लिएका छन् ।

२६ हजार ९१७ मत गणना हुदा न्यौपानेले ११ हजार २४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले १० हजार ५५२ मत पाएका छन् । अब करिब तीन हजार मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

८,जेष्ठ.२०७९,आईतवार १५:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्