त्रियुगा नगरपालिकामा पुन: मतदान नहुने, आजैदेखि मतगणना गर्ने निर्णय

उदयपुर । त्रियुगा नगरपालिकामा पुन: मतगणना नुहने भएको छ । बहुमत दलहरूले वडानम्बर १२ मा पुन: मतदानको माग गरे पनि निर्वाचन आयोगले भने मतगणना गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले आजैदेखि मतगणना सुरु गर्ने जानकारी दिए। ‘निर्वाचन आयोगबाट मतगणना गर्ने निर्णय आएको छ’ सिलवालले भने, ‘मतगणनाको तयारी गर्दैछौं ।’

त्रियुगा-१२ को मतदानमै विवादित भएसँगै मतगणना स्थगित भएको थियो । पुन: मतदान गर्ने भन्दै सूचना टाँसिएको थियो । तर, लामो समय आयोगको निर्णय नआउँदा पुन:मतदान हुने वा मतगणना हुने भन्ने अन्योल थियो ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राप्रपालगायतले पुन: मतदानको माग राखेका छन् । नेकपा एमाले र कांग्रेसले भने मत गणनाका लागि दवाव दिदै आएका थिए ।

१०,जेष्ठ.२०७९,मंगलवार ०९:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्