राजदूतमा सिफारिस मिश्र र रायको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले दुई जना राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

श्रीलंकाका लागि प्रस्तावित राजदुत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदुत डा. रामस्वार्थ रायको संसदीय सुनुवाइ गरी समितिले नाम अनुमोदन गरेको हो ।

संसदीय समितिले अनुमोदन गरेपछि अब मिश्र र राय दुवै जनाको नियुक्तिको बाटो खुलेको छ ।

सरकारले नियुक्तीका लागि सिफारिस गरेका राजदूतहरुको नाम संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

१०,जेष्ठ.२०७९,मंगलवार १२:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्