संसद बैठक : राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्न बोलाइएको संघीय संसद बैठक सुरू भएको छ ।

सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत गर्ने छिन् ।

सरकारले आफ्नो नीति तथा कार्यक्रममा आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक-सामाजिक उन्नयनका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

१०,जेष्ठ.२०७९,मंगलवार १६:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्